प्रधानसेनापति थापाद्वारा राणालाई उपरथी दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति थापाद्वारा राणालाई उपरथी दर्ज्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति पूर्णचण्द्र थापाले उपरथी दर्जामा पदोन्नति भएका विनय विक्रम राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकारको भाद्र १४ गते बसेको मन्त्रीपरिषद बैठकले सहायक रथी विनय विक्रम राणालाई उपरथी दर्जामा पदोनन्ती गरेको थियो ।

उपरथी दर्जामा पदोन्नति भएका  विनय विक्रम राणालाई पश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।