प्रधानसेनापति थापाले गरे शिवराम सिंह बस्न्यातको प्रतिमा निर्माण स्थलको शिलान्यास 

प्रधानसेनापति थापाले गरे शिवराम सिंह बस्न्यातको प्रतिमा निर्माण स्थलको शिलान्यास 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रधानसेनापति पूर्णचन्द्र थापाले जहरसिंह पौवास्थित शिवराम सिंह बस्न्यातको प्रतिमा निर्माण स्थलको शिलान्यास गरेका छन् ।

बिहीबार काठमाण्डुस्थित शंखरापुर नगरपालिका, जहरसिंह पौवामा शिवराम सिंह बस्न्यातको प्रतिमा निर्माण स्थलको शिलान्यास गरेका हुन् ।

शंखरापुर नगरपालिकाका प्रमुख श्री सुवर्ण श्रेष्ठ, श्रीपाली बस्न्यात समाजका अध्यक्ष निरञ्‍जन मानसिंह बस्न्यात लगायत स्थानीयहरुको उपस्थिती रहेको थियाे । सभालाई प्रधानसेनापति थापाले सम्बोधन समेत गरेका थिए ।

त्यस्तै प्रधानसेनापति थापाले आजै श्री प्रबन्धरथीको कार्यालय अन्तर्गत रहेको श्री बन्दोवस्ती कार्य गण, कालिकास्थानको निरीक्षण भ्रमण गरेका छन् । उक्त भ्रमणको दौरान प्रधानसेनापति थापाले उक्त गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन समेत गरेका थिए ।