हेलिकोप्टर दुर्घटनापछि उद्धारमा साहसिक काम गरेको भन्दै प्रधानसेनापतिद्धवारा ४६ सेनालाई सम्मान


काठमाडौं – बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा साहसिक काम गरेको भन्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाका अधिकृत्त,पदिक तथा अन्यदर्जासहित ४६ जना सेनालाई प्रशंसा निसान (COAS COMMANDATION BADGE) सम्मान गरेका छन्।

प्रधानसेनापति थापाले शुक्रबार उनीहरुलाई प्रधानसेनापति प्रसंसा निशान प्रदान गरेका हुन्। सम्मानित हुनेमा काठमाडौंका विभिन्न युनिटमा काम गर्ने १६ जना रहेका छन्।

दुर्घटना पश्चात हेलिकोप्टरको खोज तथा उद्धारका लागि खटिएका नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जासहित ४६ जनाले प्रतिकूल मौषममा पनि उद्धारमा देखाएको साहसिक कार्यको उच्च मूल्याँकन गर्दै उक्त सम्मान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
हेलिकप्टर दुर्घटनामा सेनाका एक जमदार तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरेको पनि निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement