प्रधानसेनापति थापाको सम्पति कति ? (विवरणसहित)

प्रधानसेनापति थापाको सम्पति कति ? (विवरणसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आफू र आफ्नो परिवारको नाममा रहेको चल–अचल सम्पत्ति उनले मंगलबार सार्वजनिक गरेका हुन् ।

उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) को प्रयोजनका लागि भन्दै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

आफूले स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गरेको उल्लेख गर्दै नेपाली सेनाका उच्च अधिकारीलाई स्वेच्छिक रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरे ।

थापाले काठमाडौं, लम्जुङ, नवलपरासीलगायतका स्थानमा रहेको जग्गाको विवरण, सुन, चाँदी र हिराका गहना, बैंक, वित्तीय संस्थामा रहेको नगद, धितोपत्र, शेयरसहित बैंकबाट लिएको ऋणको पनि विवरण खुलाएका छन् ।

यस्तो छ सार्वजनिक गरेको सम्पत्ति विवरण–