संभाररथीमा भण्डारी, नीतिको जिम्मेवारी भट्टलाई

संभाररथीमा भण्डारी, नीतिको जिम्मेवारी भट्टलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका रघु भण्डारी र नरेशचन्द्र भट्टलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

आइतबार जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति थापाले दर्ज्यानी चिह्न प्रदान गरेका हुन  दर्ज्यानी चिह्न प्रदान गर्दै प्रधानसेतापति थापाले दुवै उपरथीको कार्यकाल सफलताको कामना समेत गरे ।

यसैबीच, उपरथीमा बढुवा भएका भण्डारीलाई संभाररथीेको कार्यालय र नरेश चन्द्र भट्टलाई व्यवस्था नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।