प्रधानसेनापति शर्मा अमेरिकामा

प्रधानसेनापति शर्मा अमेरिकामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका क्रममा यतिबेला अमेरिकामा छन् । प्रधानसेनापति शर्मा सोमबार अमेरिका पुगेका हुन् । त्यस्तै प्रधानसेनापतिले मेरिन कर्प्स वार फाइटिङ ल्याबेरोटरीका कमान्डिङ जनरल ब्रिगेडियर जनरल कायल बी एलिसनसँग भेटघाट समेत गरेका छन् ।

शर्माले पहिलो दिन भर्जिनियास्थित नेसनल म्युजियम अफ मेरिन कर्प्स र मेरिन कर्प्स बेसको अवलोकन गरेका थिए । उनले कलेजले दिने तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए ।

केही समयअघि मात्र अमेरिकी सेनाका प्यासिफिक कमान्डरले नेपाल भ्रमण गरेका थिए ।प्रधानसेनापति शर्मा १२ असारमा अमेरिका पुगेका हुन् । उनी लेबनान र सिरियाको भ्रमण सकेर अमेरिका गएका हुन् ।प्रधानसेनापति शर्माले अमेरिका पुगेकै दिन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।