एक साता लामो भ्रमणका लागि प्रधानसेनापति शर्मा चीन प्रस्थान,चिनियाँ सेनासँग विशेष छलफल गर्ने

एक साता लामो भ्रमणका लागि प्रधानसेनापति शर्मा चीन प्रस्थान,चिनियाँ सेनासँग विशेष छलफल गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज (शुक्रबार) बेइजिङ प्रस्थान गरेका छन् ।

चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा दशौं बेइजिङ झिङसान फोरममा सहभागी हुन प्रधानसेनापति शर्मा चीन गएका हुन्।

​बेइजिङतर्फ प्रस्थान गर्नुअघि प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले बिदाई गरे।

भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा उनी र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

साथै भ्रमणका क्रममा उनले सियान सिटी,साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो। शर्मा कात्तिक १६ गते स्वदेश फर्किने कार्यक्रम छ।

भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत छन् ।प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सिताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्नेछन्।