प्रधानसेनापतिसँग अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक एलीन लाउबेचरकाे भेटवार्ता

प्रधानसेनापतिसँग अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक एलीन लाउबेचरकाे भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एसियाका वरिष्ठ निर्देशक रियर डा.
एडमिरल एलीन लाउबेचरबीच भेटवार्ता भएको छ।

बुधबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एसियाका वरिष्ठ निर्देशक रियर डा. एडमिरल एलीन लाउबेचरबीच भेटवार्ता भएको हाे।

प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटघाटमा नेपालका लागि अमेरिकाका राजदूत डीनआर थम्पसन उपस्थित थिए ।यस किसिमको भेटघाटले दुई देश बिच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।