काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जाने भएका छन् । सिड्नीमा असार ९ देखि ११ गतेसम्म हुने एनुअल चिफ अफ डिफेन्स कन्फरेन्समा भाग लिन उनी अष्ट्रेलिया जाने भएका हुन् ।
प्रधानसेनापति शर्माको भ्रमण मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
शर्माले हालै नेपाली सेना शान्ति स्थापनार्थ खटिएका विभिन्न द्वन्द्वग्रस्त मुलुक र अमेरिका भ्रमण गरेका थिए । लेबनान, सिरिया र अमेरिका भ्रमण गरेर उनी असार २० गते नेपाल फर्किएका थिए ।




प्रतिक्रिया