कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्णेल कुलदीप तिमिल्सिना नियन्त्रणमा

कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्णेल कुलदीप तिमिल्सिना नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्नेल कुलदिप तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ ।

आर्थिक अनियमितताको आरोपमा सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई सघाएकाे भन्दै शाह र तिमिल्सिनालाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।

उपरथी शाही आफ्नो कार्यकालमा विभिन्न युनिटमा रहँदा अनियमितता गरेको आरोपमा सैनिक हिरासतमा छन् । उनीविरुद्ध छानबिन गर्न सैनिक मुख्यालले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो ।समितिले बुझाएको प्रतिवेदनअनुसार सैनिक अदालतको प्रक्रियाअनुसार कर्णेल शाह र लेफ्टिनेन्ट कर्णेल तिमिल्सिनालाई नियन्त्रणमा लिइएको हो ।

सैनिक अनुशासन उल्लंघनको आरोपमा छानबिन र सोधपुछ गर्नका लागि लगिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।