प्रधानन्यायाधीश राउतद्वारा सैनिक विशेष अदालतको निरीक्षण

प्रधानन्यायाधीश राउतद्वारा सैनिक विशेष अदालतको निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बिहीबार जंगीअड्डास्थित सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् ।

सर्वोच्च अदालतबाट न्यायिक निकायहरूको नियमित निरीक्षणको सिलसिलामा प्रधानन्यायाधीश राउतको नेतृत्वमा सैनिक विशेष अदालतको निरीक्षण भ्रमण भएको छ ।

राउतले निरीक्षणको क्रममा अदालतबाट हुने गतिविधिको सम्बन्धमा जानकारी लिएका थिए । उनले सैनिक न्याय प्रणालीसँग सम्बन्धितहरूलाई विशेष निर्देशन समेत दिए । निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए ।

भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष न्यायाधीश लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार बिमल पौडेल लगायतको उपस्थिति थियो ।