काठमाण्डु – नेपाली सेनाको मुख्यालयमा एक जना सैनिक जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।
आइतबार बिहान २ः४५ बजे भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोलपम्ममा ड्युटीमा खटिएको समयमा आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेको सेनाले जनाएको छ ।
सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जवानले आत्महत्या गरेको देखिएकाले थप अनुसन्धानको लागि नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।
आत्महत्या गर्ने सैनिक तनहुँका स्थायीबासी हुन् । घटनाबारे उनको परिवारलाई जानकारी गराइसकेको प्रवक्ता पौडेलले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण असप्ताल महाराजगञ्ज पठाइएको बताए ।




प्रतिक्रिया