इराकमा भएको रकेट आक्रमणमा अमेरिकी र बेलायती सेनाको मृत्यु

इराकमा भएको रकेट आक्रमणमा अमेरिकी र बेलायती सेनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बगदाद – इराकको सैन्य अड्डामा रकेट हमला भएको छ । यसमा एक अमेरिकी र एक बेलायती सेना र एक अमेरिकी ठेकेदारको मृत्यु भएको छ ।

यो अड्डामा विदेशी सैनिक बस्दै आएका छन् । बुधबार बेलुकी बगदादको उत्तरमा रहेको ताजी हवाई अड्डामा कयौ रकेट हमला गरिएको थियो । यहाँ अमेरिकी गठबन्धनका सेना बस्दै आएका छन् । उनीहरुले जिहादीको लडाईमा स्थानीय बललाई सहयोग गर्दै आएका छन् ।

एक सैन्य अधिकारी सहित तीन मानिसको मृत्युको पुष्टि भएको छ । इराकी सेनाका अनुसार रकेट एक ट्रकबाट प्रहार गरिएको थियो । हालसम्म यो हमलाको कसैले पनि जिम्मेवारी लिएका छैनन । गत वर्ष अक्टोबरदेखि इराकमा अमेरिकी प्रतिष्ठानलाई निशाना बनाएर २२ हमला भइसकेको छ ।

सिरियाली अब्जर्भेटरी फर ह्यूमन राइट्सले भनेको छ, ‘यो हमलाको केही घन्टात्रित्र सम्भवतः अमेरिकी गठबनधको तीन लडाकु विमानले इराकको सीमासँग जोडिएको सिरियाको क्षेत्रमा रहेको हासेद फोर्समाथि बम खसालेको थियो ।’