कर्फ्यू लागेपछि बानेश्वर क्षेत्रमा नेपाली सेना खटाइयो

कर्फ्यू लागेपछि बानेश्वर क्षेत्रमा नेपाली सेना खटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद भवनलगायत कर्फ्यु जारी गरिएको क्षेत्रमा सुरक्षाका निम्ति नेपाली सेनालाई खटाइएको छ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार नयाँ बानेश्वरसहितका क्षेत्रमा सेना परिचालन भइसकेको छ ।

जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि चार किल्ला कायम गरी कर्फ्यु आदेश जारी भएको थियो।

ती क्षेत्रमा सेनाको टोलीले अब सुरक्षा निगरानी बढाउनेछ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यू लगाइएको थियो । त्यसपछि सेना परिचालन गरिएको हो ।

यसबीच जेन जीको घेरामा रहेका सशस्त्र लिन सशस्त्रकै अन्य तीनवटा गाडीसहित सुरक्षा फौज पुगेको छ। प्रदर्शनकारीले नयाँबानेश्वरस्थित थापा गाउँमा सशस्त्रको एउटा गाडी घेरा हालेर रोकेका थिए।
उक्त गाडी र गाडीमा रहेका सशस्त्रलाई लिनका लागि थप ५ वटा गाडीसहित सशस्त्र प्रहरी परिचालन गरिएको छ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् ।