काठमाण्डु – सेनामा पाँच जना उपरथीहरुको सरुवा भएको छ । सेनाले उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतमा रहेका उपरथी अनुपजंग थापालाई अतिरिक्त समुहमा राखेर सैनिक सचिव विभागमा सरुवा गरेको छ ।
उनलाई भदौ ४ पछि प्रेमध्वज अधिकारीले अवकास पाएपछि युद्धकार्य महानिर्देशक (डिजीएमओ) को जिम्मेवारी दिने तयारी छ ।
सेनामा प्रधानसेनापतिपछि डिजिएमओ शक्तिशाली विभाग मानिन्छ । भावी प्रधानसेनापतिका दावेदार रहेका थापासँगै सुदुरपश्चिमका पृतनापति उपरथी प्रकाश देउवाको पनि प्रबन्धरथी विभागमा सरुवा भएको छ ।
उपरथीहरु दिपेशजंग शाह उत्तर पश्चिम पृतना र किरण केसीलाई सुदुरपश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको छ ।




प्रतिक्रिया