बनेपामा शंकास्पद वस्तु फेला,सेनाको टोली पुग्याे घटनास्थल

बनेपामा शंकास्पद वस्तु फेला,सेनाको टोली पुग्याे घटनास्थल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । नो एमसीसी खतरा लेखिएको वस्तु भेटिएपछि सवारी आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।

नो एमसीसी लेखिएको शंकास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ । शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ ।

आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् ।