सेनाका उच्च अधिकारीहरुको सरुवा : उपत्यका पृतनामा थापा र सुरक्षा परिषदमा जोशीलाई जिम्मेवारी

सेनाका उच्च अधिकारीहरुको सरुवा : उपत्यका पृतनामा थापा र सुरक्षा परिषदमा जोशीलाई जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सैनिक मुख्यालयको सिफारिसमा सरकारले सेनाका दुई तारे र एक तारे जर्नेलहरुको सरुवा गरेको छ । मन्त्रिपरिषदको बैठकले सेनाका पृतनापति र विभागका प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

सरुवा हुनेमा उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतका उपरथी हिरालाल जोशी, निरीक्षणाधिकृत विभागका उपरथी योगराज शर्मा,उपरथी सागर थापा र प्रबन्ध विभागमा कार्यरत उपरथी कृष्णदेव भट्ट रहेका छन् ।

जोशीलाई अवकासमा जान लागेका उपरथी विनय राणा सहसंयोजक रहेको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, शर्मालाई निरीक्षणाधिकृतसहित प्रबन्धरथी विभागको निमित्त प्रमुख, थापालाई उपत्यका पृतना र भट्टलाई उत्तर पश्चिम पृतना हेडक्वार्टरको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै सहायकरथी गणेशकुमार श्रेष्ठ, यामबहादुर सापकोटा, कृष्णबहादुर जिसी र रामप्रसाद अधिकारीको समेत सरुवा भएको छ ।

श्रेष्ठलाई वीरेन्द्र अस्पतालबाट कार्यरथी विभागको निमित्त कार्यरथी, मध्य पृतना हेडक्वार्टर हेटौंडामा रहेका सापकोटालाई शोध तथा विकास निर्देशनालयको निमित्त निर्देशक, जिसीलाई मध्य पश्चिम पृतना हेडक्वार्टर र अधिकारीलाई सम्भाररथी विभागको जिम्मेवारी दिइएको छ ।