यौन दुव्र्यवहार गरेको अभियोगमा सेनाका जर्नेल बर्खास्त

यौन दुव्र्यवहार गरेको अभियोगमा सेनाका जर्नेल बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले यौन दुव्र्यवहार गरेको अभियोगमा सहायक रथी (बिग्रेडियर जर्नेल) पंकज कार्कीलाई बर्खास्त गरेको छ । सेनाको २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति रहेका कार्कीलाई आफ्नै मातहत कार्यरत महिला सैनिकमाथी यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सेनाले जनाएको छ ।

कार्कीमाथी संयुक्त राष्ट्रसंघअन्र्तगत शान्ति स्थापनार्थ सुडानमा खटिंदा एक जना महिला अधिकृत(मेजर) लाई समेत यौन दुव्र्यवहार गरेको अनुसन्धानमा खुलेको थियो । घटनामा मुछिएका दुवै महिला सैनिकलाई पनि सेनाले बर्खास्त गरेको छ ।

सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले उनीहरुलाई आचरणविपरीत कार्य गरेकाले बर्खास्त गरिएको बताएका छन् ।

कार्कीमाथी यौन दुव्र्यवहारको आरोप लागेपछि छानविन गर्न सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको थियो। कोर्ट अफ इन्क्वायरीले कार्कीसंगै महिला सैनिकहरुको पनि आचरणमा गलत मनाशय देखिएको भन्दै उनिहरु तिनै जनालाई बर्खास्ती गर्नुपर्ने निर्णय सुनाएको थियो ।

यौन दुव्र्यवहारको आरोपमा सेनामा बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन । सेनामा राम्रो करियर भएका कार्की गत वर्षदेखी नै विवादमा आएका थिए । प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीमाथी उजुरी परेसंगै छानविनको लागी समिति बनाएका थिए ।