राष्ट्रपतिको सुरक्षामा खटिएका जर्नेलको सरुवा


काठमाण्डु –नेपाली सेनाका दुई जना सहायकरथीहरुको सरुवा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षामा खटिएका सहायकरथी मिनध्वज खड्का र निरज पौडेलको सरुवा भएको हो । सहायकरथी खड्का लामो समयदेखी राष्ट्रपति कार्यालयमा कार्यरत थिए ।

उनलाई मध्यपश्चिम पृतना सुर्खेत पठाइएको छ भने पौडेलले राष्ट्रपतिको सुरक्षा हेर्ने जिम्मेवारी पाएका छन् । उनीसंग पाकिस्तानमा सैनिक सहचारीका रुपमा समेत काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement