सेनाको स्वास्थ्य शिविरमा ६८ जनाको शल्यक्रिया, सात हजारले गराए उपचार

सेनाको स्वास्थ्य शिविरमा ६८ जनाको शल्यक्रिया, सात हजारले गराए उपचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेना मध्य पश्चिम पृतना हेडक्वार्टरले प्रदेश ५ को रुपन्देही जिल्लाको कोटहिमाई गाउँपालिका मजगावामा शल्य चिकित्सासहितको संयुक्त रुपमा बृहत स्वास्थ्य शिविर आयोजना गरेको छ।

वैशाख ४ गतेदेखि ८ गतेसम्म भएको स्वास्थ्य शिविरमा ६८ जनाको शल्यक्रिया भएको र सात हजारबढीले उपचार गराएको नेपाली सेनाले जनाएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जनरल मेडिसिन, स्त्री रोग, आँखा, नाक, कान, घाँटी, चर्म रोग, हाडजोर्नी, बालरोग, स्वास प्रश्वाास, मानसिक रोग, हर्निया, हाईड्रोसिललगायत विभिन्न रोगका बिरामीको उपचार गरिएको हो।

शिविरको समापन पृतनाका पृतनापति उपरथी सिताराम खड्काले गरे।

उक्त स्वास्थ्य शिविर समापन समारोहको अवसरमा शिविर संचालन भएको मर्चवार आदर्श माध्यमिक बिद्यालयको हाताभित्र नेपाली सेनाद्वारा विभिन्न बिरुवाहरुको बृक्षारोपण गरिएको थियो । त्यसअघि शिविरको प्रधानसेनापति पुर्णचन्द्र थापाले निरीक्षण गरेका थिए।