टिपर दुर्घटनाका घाइतेलाई सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगियो

टिपर दुर्घटनाका घाइतेलाई सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला – हुम्लामा बुधबार भएको टिप्पर दुर्घटनामा घाइते भएका बिरामीको थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

घाइते ११ जना बिरामीलाई सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो । सिमकोट गाउँपालिका–७ लाग्ना भन्ने ठाउँमा लु ४ ख ३२६९ नम्बरको टिप्पर बुधबार दिउँसो सदरमुकाम सिमकोटतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घटनास्थलमै तीन जनाको र उपचारको क्रममा जिल्ला अस्पतालमा एक जनाको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमा नाम्खा गाउँपालिका– १ हेप्का गाउँकी नरी लामा, छिरिङकार्मा लामा र हिल्सा सिमकोट सडक आयोजनाका कार्यालय सहयोगीको खार्पुनाथ गाउँपालिका–१ का बबरजंग शाही र सिमकोट गाउँपालिकाका ५४ वर्षीय वक्त रोकाया रहेका छन् ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल हुम्लामा उपचार असम्भव भएकोले जिल्ला बाहिर लैजान सेनाको हेलिकप्रमार्फत नेपालगञ्जतर्फ लगिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताए ।