दुर्घटनामा घाइते सेनाका जवानसहित ८ जनालाई काठमाडौं लगियो

दुर्घटनामा घाइते सेनाका जवानसहित ८ जनालाई काठमाडौं लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी – डोटीमा शनिबार बिहान भएको बस दुर्घटनाका नौं जना घाइतेलाई काठमाडौँ लगिएको छ । यहाँ उपचार सम्भव नभएपछि नौं जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको हो ।

काठमाडौँ रिफर हुनेमा नेपाली सेनाका जवान उज्वल देवकोटासहित डोटी सलेनाकी ३० वर्षीया रेश्मा लुहार, ३७ वर्षीया मैना तिरुवा, आयुश विक, ठेगना नखुलेका ३८ वर्षीय मदन जेठारा, विक्रम लुहार, ईश्वरी केसी र अछामका मुकेश कुँवर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका इन्चार्ज प्रहरी नायव निरीक्षक मोहन धामीले जानकारी दिए ।

बस दुर्घटनामा एकजनाको मृत्यु भएको थियो भने ३० जनाभन्दा घाइते भएका थिए। नेपाल प्रहरी र नेपाली सेनाका आठ जना पनि घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका बाह्रबिस ६ बाजुराका ५१ वर्षीय नयाँ सेरेलाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । महेन्द्रनगरबाट बाजुरातर्फ गइरहेको ना ७ ख ६१८१ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानीमा शनिबार बिहान ५ बजे दुर्घटना भएको थियो ।