सेनाको हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम नगरकोटमा सुरु 

सेनाको हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम नगरकोटमा सुरु 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम नगरकोटमा सुरु भएको छ । 

सेनाका बलाधिकृत रथी हेमन्त राज कुंवरले नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन भएको सि.सं.६ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको मंगलवार विशेष समारोहका बीच शुभारम्भ गरेका हुन् । 

उक्त तालिममा २५ जना महासेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।  

बलाधिकृत रथी कुंवरले कार्यक्रममा सम्बोधन गर्दै यस किसिमका तालिमले नेपाली सेनाको विभिन्न तहमा मात्र नभई बहुर्रा्ष्ट्रिय वातावरणमा समेत कमाण्ड तथा स्टाफ नियुक्तिमा काम गर्न सक्ने जेष्ठ अधिकृतहरु तयार पार्न सक्ने बताए । 

उनले विषम परिस्थितिको मुल्याँकन गरी जटिल अपरेशनल वातावरणमा समेत प्रभावकारी निर्णय हासिल गर्न तालिमले सक्षम बनाउन मद्धत पुग्ने विचार व्यक्त गरे ।

रथी कुवरले भने ‘राष्ट्रिय सुरक्षाको दृष्टिकोणले नेपालको सुरक्षा चुनौतिको विश्लेषणको लागि पेशागत चुस्तताको साथमा उच्च सैनिक संस्कार र मान्यताको थप विकासको निमित्त समेत यस किसिमको तालिम फलदायी हुन्छ’ ।