सैनिक अस्पतालमा हेमोडाईलाईसिस युनिटको सुभारम्भ

सैनिक अस्पतालमा हेमोडाईलाईसिस युनिटको सुभारम्भ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली सेना र काठमाण्डु महानगरपालिकाबीच हेमोडाईलाईसिस (मृगौला सम्बन्धी) सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा प्रधानसेनापति पूर्णचन्द्र थापाले वीरेन्द्र अस्पतालमा सुरु भएको हेमोडाईलाईसिस युनिटको आइतवार संयुक्त रुपमा उदघाटन गरेका हुन ।

काठमाण्डु महानगरपालिकाबाट प्राप्त भएको ३ करोड रकमबाट हेमोडाईलाईसिसका लागि आवश्यक भौतिक पूर्वाधार, हेमोडाईलाईसिस मेसिन गोटा ८, रिप्रोसेसिङ मेसिन थान १, पानी शुद्धिकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरु जडान गरिएको छ । त्यसका साथै युनिट संचालनको लागि आवश्यक जनशक्ति ७ जना समेत महानगरपालिकाले नै उपलब्ध गराउने सेनाले जनाएको छ ।

सैनिक जनसम्र्पक निर्देशनालयकाअनुसार उक्त युनिटमा महानगरपालिकाबाट सिफारिस भएका महानगरका मृगौलाका सेरो नेगेटिभ बिरामीहरुलाई निशुल्क दुई सिटमा सेवा प्रदान गर्ने योजना अनुसार ८ वटा हेमोडाईलाईसिस मेसिनबाट ४८ जना बिरामीहरुलाई साताको दुई पटक सेवा प्रदान गर्न सक्ने क्षमता रहेको छ ।