नवनियुक्त रक्षा सचिव पाण्डे सैनिक मुख्यालयलमा


काठमाडौं–रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव रेश्मीराज पाण्डेले जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । पाण्डेलाई नेपाली सेनाका बलाधिकृत रथी हेमन्त राज कुंवरले  विहिवार जंगी अड्डामा स्वागत गरेका छन् । 

रक्षा चिव पाण्डेलाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा सम्बन्धित विभागका रथीबृन्द तथा अधिकृतहरुबाट प्रस्तुतिकरण भएको थियो ।

साथै उक्त कार्यक्रम पश्चात सचिव पाण्डेले प्रधानसेनापति पूर्णचन्द्र थापासंग समेत भेटवार्ता गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
Advertisement