प्रहरी नियन्त्रणमा रहेका सैनिक जवान कँडेलको मृत्यु

प्रहरी नियन्त्रणमा रहेका सैनिक जवान कँडेलको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – प्रहरी नियन्त्रणमा रहेका एक सैनिक जवानको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–५ मुग्लिन घर भएका नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत सेनाका जवान २८ वर्षीय राम कँडेलको शुक्रबार विहान मृत्यु भएको हो ।

अस्थायी प्रहरी पोष्ट फिस्लिङमा राखिएका उनी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा गम्भीर घाइते भएका कँडेललाई उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेलामा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि कँडेललाई प्रहरीले पक्राउ गरेको थियो । मृतक कँडेलको शव भरतपुर अस्पताल शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।