प्रधानसेनापति शर्माद्वारा उपरथीमा बढुवा भएका न्यौपाने र केसीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति शर्माद्वारा उपरथीमा बढुवा भएका न्यौपाने र केसीलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी डा. अरुण कुमार न्यौपाने र उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सागर बहादुर केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापति शर्माले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच मंगलबार न्यौपानेलाई प्राविधिक उपरथी दर्जाकाे दर्ज्यानी चिन्ह र केसीलाई मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकारको पौष १ गते बसेको मन्त्रीपरिषद् बैठकले प्राविधिक सहायक रथी डा. न्यौपानेलाई प्राविधिक उपरथी दर्जामा पदोन्नती गरेको थियो भने केसीलाई मानार्थ उपरथी दर्जामा पदोन्नती गरेको थियो । प्राविधिक उपरथी दर्जामा पदोन्नती भएका न्यौपानेलाई सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकमा पदस्थपना गरिएकाे छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।