चीनबाट चार सैनिक अधिकृतले पुरा गरे एनडिसी


काठमाडौं– नेपाली सेनाका चार जना उच्च अधिकृतले नेशनल डिफेन्स कोर्स(एनडिसी) गरेका छन् । चीनको नेशनल डिफेन्स विश्वविद्यालयबाट सेनाका सहायकरथी विनयविक्रम राणा,महासेनानीहरु कृष्णदेव भट्ट, यम ढकाल र दिपक बानियाले एनडीसी कोर्स गरेका हुन् ।

चीनले प्रत्येक वर्ष नेपाली सेनालाई चार जनाको लागी एनडिसी कोर्सको कोटा उपलव्ध गराउंदै आएको छ । एक वर्षको अवधी रहेको एनडिसी कोर्स पुरा गर्ने सहायकरथी राणा २६ बेसिकका सैनिक अधिकृत हुन भने भट्ट, ढकाल र बानिया २७ बेसिकका सैनिक अधिकृत हुन ।

नेपालमा डिफेन्स विश्वविद्यालय नहुंदा नेपाली सेनाका उच्च अधिकृत एनडिसीका लागी भारत,चीन,पाकिस्तान,क्यानडा, बंङगलादेश,अमेरीका र बेलायत जाने गरेका छन् । सेनाले नेशनल डिफेन्स युनिभर्सिटी स्थापनाका लागी सरकारसंग बारम्वार आग्रह गर्दै आएको छ ।

सेनामा सहायकरथीबाट उपरथीमा बढुवा हुन एनडिसी कोर्स अनिवार्य भएकाले भएकाले पनि यसको निकै ठुलो महत्व छ । एनडिसी कोर्सको लागी ५३ बर्षभित्र गरिसक्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement