प्रधानसेनापति र प्रहरी प्रमुखको तलब कति पुग्यो ? हेर्नुस् नयाँ तलबमान

प्रधानसेनापति र प्रहरी प्रमुखको तलब कति पुग्यो ? हेर्नुस् नयाँ तलबमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले १ साउनदेखि लागू हुने गरि सरकारी कर्मचारीको नयाँ तलब सार्वजनिक गरेको छ ।
नयाँ तलबमानअनुसार मुख्य सचिवको मासिक तलब ६५ हजार १ सय ४० रुपैयाँ पुगेको छ ।

मुख्य सचिवको सो तलबमा सरकारले २ ग्रेड थप गरेर दिन्छ । २ ग्रेडको २१ सय ७१ रुपैयाँ थप गरी मुख्य सचिवले मासिक ६९ हजार ४ सय ८२ रुपैयाँ राज्यकोषबाट बुझ्नेछन् ।

त्यस्तै नेपाली सेनाका प्रधान सेनापतिको तलब पनि मुख्य सचिवको बराबर नै छ । विमान सम्भार समूहका सहायक रथीको तलब भने प्रधान सेनापतिको भन्दा ६७ रुपैयाँ मात्रै कम अर्थात् ६९ हजार ४१५ रुपैयाँ छ ।

नेपाली सेनामा सबैभन्दा कम तलब फलोअर्स प्रथम स्तरको मासिक २० हजार ७७८ रुपैयाँ छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षकको तलब मुख्य सचिवको भन्दा करिब ५ हजार रुपैयाँ कम छ । नयाँ तलबमानअनुसार प्रहरी महानिरीक्षकको मासिक तलब अब ग्रेडसहित ६४ हजार ७ सय २६ रुपैयाँ पुगेको छ ।

नेपाल प्रहरीका रिक्रुटको मासिक तलब अब १९ हजार ४ सय ८० रुपैयाँ पुगेको छ । त्यस्तै निजामती कर्मचारीतर्फ सबैभन्दा कम तलब प्रथम स्तरका कार्यालय सहयोगीको तलब २० हजार ७ सय ७८ रुपैयाँ पुगेको छ ।

यस्तो छ कर्मचारीको नयाँ तलबमान :