काठमाण्डु – नेपाली सेनाका प्रवक्ता फेरिएका छन् । सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लव पौडेलको सरुवा भएको सैनिक स्रोतको दावी छ । उनलाई सेनाको शान्ति सेना निर्देशनालयमा निर्देशकको जिम्मेवारी दिइएको छ ।
पौडेल यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको पालादेखी नै सैनिक प्रवक्ताका रुपमा कार्यरत थिए । उनको समयाअवधी पुगेर सरुवा भएको हो । पौडेल दुई तारे जर्नेल हुने लाइनमा समेत छन् ।
उनको ठाउंमा सैनिक प्रवक्ताको जिम्मेवारी सहाकयरथी नारायण सिलवालले पाएका छन् । सिलवाल २७ बेसिकका सैनिक अधिकृत हुन । उनि हाल बालाजुमा रहेको १ बाहिनीको बाहिनीपतिको जिम्मेवारीमा छन् ।




प्रतिक्रिया