सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेल सहित तीनजना अधिकृत पुरस्कृत

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेल सहित तीनजना अधिकृत पुरस्कृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली सेनाका प्रवक्ता (सहायक रथी) सन्तोष बल्लभ पौडेल सहित तीनजना सैनिक अधिकृत पुरस्कृत भएका छन् ।

साेमबार जंगी अड्डामा आयोजित कार्यक्रममा ‘सिपाही बार्षिक–०७६’ र ‘सिवपुरी’ जर्नलमा प्रकाशित उत्कृष्ट लेख रचना गरेबापत उनीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका हुन् ।

‘सिपाही’ र ‘शिवपुरी’ जर्नलमा प्रकाशित लेख रचना मध्ये सहायक रथी पौडेल प्रथम भएका छन् । उनलाई ५० हजार नगद पुरस्कार सहित सम्मान गरिएकाे छ।

द्धितिय पुरस्कार बापत प्रमुख सेनानी अनिल कुमार बुढाथोकीले ३५ हजार र तृतिय भएका प्रमुख सेनानी सुधिर प्रताप सिंहले २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ण लेख रचना गरेका सैन्य अधिकारीहरुलाई प्रधानसेनापती थापाले कदर पत्र सहित सम्मान गरेका छन् ।

अन्य ७ जना लेखकहरुले सान्त्वना पुरस्कार बापत जनही १० हजार नगद पाएका छन् । जंगी अड्डामा आयाजित कार्यक्रममा लेख रचनाको मुल्यांकन गर्ने गैर सैनिक विज्ञ तथा सैनिक ब्यक्तिहरुलाई समेत कदर पत्र प्रदान गरिएको थियो ।

उल्लेखित लेख रचनाको मुल्याङ्कनका लागि विज्ञहरु सम्मिलित मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लेखहरुको छनौट गर्ने गरिन्छ । सिमित व्यक्तिहरुको उपस्थितिमा कोभिड-१९ सम्बन्धी सम्पूर्ण सुरक्षा मापदण्डहरु अवलम्वन गरी समापन गरीएको उक्त कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्मा र नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेजका कमान्डान्ट उपरथी बालकृष्ण कार्की लगायत प्राध्यापक तथा नेपाली सेनाका सिमित अधिकृतहरुको को उपस्थिति रहेकाे थियो ।