उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको प्रधानसेनापतिद्वारा उद्घाटन

उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको प्रधानसेनापतिद्वारा उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त आयोजनामा उच्च स्तरीय सुरक्षा तालिम बुधबारबाट शुरु भएको छ। शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा भइरहेको तालिमको प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे।

प्रधानसेनापति थापाले यस तालिमले राष्ट्रिय सुरक्षा सम्बन्धी उत्पन्न हुने चुनौतीहरुलाई निराकरण गर्न मद्धत पुग्नुको साथै सरकारी सुरक्षा संयन्त्रबीच आपसी सहयोग एवं समन्वय हुन अपरिहार्य रहेको बताए।

रक्षा मन्त्रलायका सहसचिव ऋषिराज भण्डारीले विश्वमा परिवर्तित सुरक्षा चुनौतिहरुबाट कुनैपनि राष्ट्र अलग रहन नसकेको अवस्थामा यस तालिमले राष्ट्रिय सुरक्षाको बारेमा जानकारी प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रमको शुरुवातमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष ईश्वर हमालले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए। २९ गतेसम्म सञ्चालन हुने उक्त तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र अन्य सुरक्षा निकायका अधिकृतहरु गरि जम्मा २४ जना सहभागी छन्।