क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीको लागि क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–१० नयाँबानेश्वर बस्ने डडेल्धुराको भागेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय सुरेश नाथ र काठमाण्डु बुढानिलकण्ठ नगरपालिका–१३ बस्ने संखुवासभाको मकालु गाउँपालिका–४ घर भएका ४३ वर्षीय धनबहादुर राई रहेका छन् ।

पक्राउमध्ये सुरेशले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख १ हजार रूपैयाँ र धनबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुरेशलाई काठमाण्डु महानगरपालिका–२६ नयाँ बसपार्कबाट र धनबहादुरलाई काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–८ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको प्रहरीले जनाएको छ ।