सामाजिक सञ्जालको दुरूपयोग गर्ने १ जना पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गर्ने १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक सञ्जालको दुरूपयोग गरेको अभियोगमा प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानी डेरा गरी बस्ने सुमन थापा भन्ने प्रेम बहादुर थापालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा सम्मानित तथा सार्वजनिक पद धारण गरेका व्यक्तित्वहरूलाई लक्षित गरी अमर्यादित अभिव्यक्तिका साथै हिंसात्मक भाषा सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाउने गतिविधिको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीबाट पक्राउ गरेको हो ।

उनीउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।