जुवातास खेल्दाखेल्दै १२ जना पक्राउ

जुवातास खेल्दाखेल्दै १२ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – प्रहरीले घोराही उपमहानगरपालिका–१४ दामोदर चोकस्थित द ब्ल्याक क्याप रेष्टुरेन्टमा जुवातास खेल्दाखेल्दै १२ जनालाई पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने ३४ वर्षीय हिमराज खड्का समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ६० हजार ९४० रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।