मकवानपुर – प्रहरीले नियन्त्रित लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–११ गोलसिङटार बस्ने ३७ वर्षीय अजय रिजाललाई नियन्त्रित लागूऔषध ट्रामाडोल २२५ ट्याब्लेटसहित आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट थानाभर्या ङबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा लागूऔषध फेला पारी पक्राउ गरेको छ । लागूऔषध सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया