काठमाण्डु – प्रहरीले काठमाण्डु महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट १ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।
प्रहरीले पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामानसहित तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका–८ घर भएका ३० वर्षीय हिराबहादुर मगरलाई पक्राउ गरेको छ ।
पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बा.प्र.०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको भन्ने सूचनाको आधारमा काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले ट्याक्सी तलासी गर्दा डिक्कीभित्र लुकाइछिपाई राखिएको हातहतियार फेला पारी उनलाई पक्राउ गरेको छ ।
पेस्तोल सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया