नख्खु कारागारबाट फरार सहकारी सञ्चालक पक्राउ

नख्खु कारागारबाट फरार सहकारी सञ्चालक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा रहेको बेला जेनजी आन्दोलनका क्रममा फरार भएका ५० वर्षीय केदारनाथ शर्मा पक्राउ परेका छन् ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका सञ्चालक समेत रहेका शर्मा २०८२ भदौ २४ गते आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेर फरार भएका थिए । उनलाई प्रहरीको विशेष टोलीले बुधबार ललितपुर महानगरपालिका–२ सानेपाबाट पक्राउ गरी नख्खु कारागार बुझाइएको हो ।

उनी बाँके जिल्लाको उठारापुर गाविस वडा नम्बर २ (हाल खजुरा गाउँपालिका वडा नम्बर ६) स्थायी वतन भई हाल काठमाण्डु महानगरपालिका वडा नम्बर ४ सुकेधारामा बस्दै आएका थिए ।

प्रहरीले उनलाई अदालतको आदेशअनुसार कारागारमा पुर्पक्षका लागि पुन: राखिएको जनाएको छ ।