काठमाण्डु – प्रहरीले उदयपुर र बर्दियाबाट अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ कमानबाट अवैध लागूऔषध गाँजा करीब ११ किलो ८५२ ग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिराहाको लहान नगरपालिका–१७ बस्ने ४५ वर्षीया लिला देवी राम र लहान नगरपालिका–८ बस्ने ४० वर्षीया अस्मिता राम रहेका छन् । अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको छ ।
बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम २० मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–८ कोठिया गाउँ बस्ने २४ वर्षीय रोहित थारू र २२ वर्षीय रूपेश थारू छन् ।
प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले लागूपदार्थसहित पक्राउ गरेको छ । लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया