जुवातास खेल्दाखेल्दै ९ जना पक्राउ

जुवातास खेल्दाखेल्दै ९ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आईतबार राति मनहरी गाउँपालिका–८ सिमपानी बस्ने ४० वर्षीय सुदर्शन उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदर्शन समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख १ हजार २५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।