काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
दार्चुलाको दुहुँ गाउँपालिका–५ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४८० ग्रामसहित दुहुँ गाउँपालिका–१ बस्ने ५६ वर्षीय हर्क बहादुर बमलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपलिका–२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४४० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–५ बस्ने ३० वर्षीय यलसन चौधरी र धनगढी उपमहानगरपालिका–५ डेरा गरी बस्ने घोडाघोडी नगरपालिका–११ घर भएका १९ वर्षीय पर्शुराम कठरिया रहेका छन् ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सुप प्र ०१–००१ प २५६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया