काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस रकमसहित पक्राउ गरेको छ ।
आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दाहाललाई १ लाख २० हजार ८५० रुपैयाँसहित पक्राउ गरेको हो ।
आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूका बिल भुक्तानीका क्रममा घुसबापत रकम लिई आफ्नो कार्यकक्षभित्र लुकाइराखेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको छ ।
आयोगले दाहालमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




प्रतिक्रिया