ल्होत्से मल लुटपाटमा संलग्न धेरैजसो चालक र सहचालक, कति परे पक्राउ ?


काठमाण्डु- काठमाण्डुको गोंगबुस्थित ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जना पक्राउ परेका छन् । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइल चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भिडियोमा देखिएका मुख्य-मुख्य व्यक्तिहरु पक्राउ परेका छन् । जसअनुसार पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सहचालक रहेका छन् ।

थप केही निगरानीमा रहेको प्रहरीको दाबी छ । आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण बाहिर गएको मोका छोपेर उनीहरुले दुई वटा पसलमा तोडफोड र लुटपाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement