नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने व्यक्ति पक्राउ

नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली पेस्तोल देखाई लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका–२० भलाम बस्ने पर्वत मोदी गाउँपालिका–१ घर भएका २४ वर्षीय सुजन विकलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने पीडितलाई पेस्तोल देखाई लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई नक्कली पेस्तोल (खेलौना) १ थान सहित पक्राउ गरेको छ ।

प्रहरीले उनले प्रयोग गरेको ग१३प ९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।