मकवानपुर – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१० बसपार्क गुम्बा नजिक बस्ने ३५ वर्षीय हिरालाल मोक्तानले सञ्चालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा मोक्तान समेत ११ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नगद ६ लाख ६ हजार ३१० रूपैयाँ र ११ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया