हत्या गरेको अभियोगमा १ जना पक्राउ

हत्या गरेको अभियोगमा १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर – हत्या गरेको अभियोगमा प्रहरीले पाँचथरमा १ जनालाई पक्राउ गरेको छ ।

आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका–८ भदौरे बस्ने ५२ वर्षीय बखत सिंह लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घर नजिकै बारी बखतले भरूवा बन्दुकले प्रहार गर्दा सफलको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दुर्दिम्बाबाट खटिएको प्रहरी टोलीले उनलाई भरूवा बन्दुकसहित पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।