अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – अवैध लागूऔषध ब्राउन सुगरसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

खैरहनी नगरपालिका–१ आचार्य टोल बस्ने ३१ वर्षीय रोहन गान्धारी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम ३६० मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ । लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।