तारकेश्वरबाट खैरो हिरोइनसहित ३ जना पक्राउ

तारकेश्वरबाट खैरो हिरोइनसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाण्डु महानगरपालिका–५ तारकेश्वर बोहोराटार क्षेत्रबाट लागूऔषध कारोवारमा संलग्न रहेको आशंकामा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङको बबई गाउँपालिका–६ का ४५ वर्षीय केशव वली, रोल्पाको माडी गाउँपालिका–६ का २४ वर्षीय बसन्त पुन मगर र दाङको तुल्सीपुर उपमहानगरपालिका–२ का २२ वर्षीय निराजन चौधरी रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हिरोइन १६.८ ग्राम ठोस पदार्थ, नगद ४२ हजार ५०० रुपैयाँ, रा५प ७६२८ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका ४ थान मोबाइल र एउटा डिजिटल तराजु बरामद गरिएको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डुमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।