अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले कैलालीबाट २ जनालाई पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन ३०० मिलिग्रामसहित टीकापुर नगरपालिका–५ नुक्लिपुर बस्ने १९ वर्षीय शैलेश चौधरी समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।