काठमाण्डु – अवैध लागूऔषध गाँजासहित प्रहरीले काठमाण्डुबाट श्रीलंकन नागरिकलाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट करीब २ किलोग्राम अवैध लागूऔषध गाँजा पदार्थसहित श्रीलंकन नागरिक ३२ वर्षीया निरोगिनी मुरुगन शनिबार दिउँसो पक्राउ परेकी छन् ।
थाइ लायन एयरको उडानमार्फत बैंककबाट काठमाण्डु पुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा पक्राउ गरेको छ ।
जाँचका क्रममा उनको लगेज (सामान) भित्र लुकाइराखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी मुरुगनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ ।




प्रतिक्रिया